रास्वपाका सभापति रवि लामिछाने र क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएको छ । रास्वपा पार्टीको कार्यालयमा पुगेर मल्लले सभापति लामिछानेसँग भेट गरेका हुन् ।

भेटमा पूर्व कप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाली क्रिकेटको स्तरोन्नति तथा खेलाडीहरूको मनोवृद्धि लगायतका विषयमा छलफल गरेको बताइएको छ ।

भेटमा महामन्त्री डा. मुकुल ढकाल र केन्द्रीय सदस्य प्रतिभा रावलको पनि सहभागीता थिए ।

ताजा अपडेट