आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही असोज २४ गते हुने भनिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन रोक्ने निर्णय गरेको श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए।

निर्वाचन अब कहिले हुन्छ भन्ने प्रष्ट गरिएको छैन। कोरोना भाइरसको कारण देखाउँदै निर्वाचन रोक्ने निर्णय भएको बताइएको छ।