नेकपा सचिवालय बैठक जारी, मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिबारे छलफल हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मन्त्री हेरफेरको मापदण्ड र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको छ।

सोमबार तत्कालीन माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक स्थगित गरेर आज बालुवाटारमा बैठक बसेको हो।

आइतबार पेरिसडाँडामा बसेको बैठकमा पनि मन्त्री हेरफेर र त्यसको मापदण्डका विषयमा छलफल भएको थियो।

उक्त विषयमा सोमबार दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

नेताहरुका अनुसार आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा
राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफल हुनेछ।