विनाअक्सिजन हिमाल चढी विश्वकीर्तिमान राख्ने आङरिताको मृत्यु

काठमाडौं । दश पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी ‘हिमचितुवा’ को उपनामबाट परिचित पर्वतारोही आङरिता शेर्पाको मृत्यु भएको छ । 

सोमबार बिहान १० बजे जोरपाटीस्थित छोरीको घरमा उनको मृत्यु भएको हो ।  उनी लिबर र ब्रेनजस्ता समस्याबाट पीडित थिए । १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी शेर्पाले विश्व रेकर्ड राखेका थिए ।  

धार्भिक परम्पराअनुसार उनको अन्त्यष्टि  गरिने नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।