बारा र रौतहटको सीमामा झडप

काठमाडौँ । विवादित पुल निर्माण कार्य सुरु गरिएसँगै बारा र रौतहटको सीमामा झडप भएको छ । अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गरेपछि सो झडप भएको हो । हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा पुल निर्माणाधीन पुल निर्माणले गति लिन सकेको छैन ।

बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच झडप हुँदा दुबै तर्फका केही घाइते भएका छन् । झडपमा घाइते भएकाहरुको टाउको हात, खुट्टामा चोट लागेको छ ।