दाङमा सर्पको टोकाइबाट ६ जनाको मृत्यु, १०७ जना घाइते

काठमाडौं । दाङमा सर्पको टोकाइबाट दुई महिनामा ६ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुई जना बालबालिकासहित ६ जनाको मृत्यु भएको हो।

साउनमा १ महिला, २ पुरुष र २ जना बालबालिका सर्पले डस्दा मृत्यु भयो। भदौमा १ पुरुषको मृत्यु भएको छ।

जिल्लामा सर्पले डस्दा दुई महिनामा १०७ जना घाइते भएका छन्। साउन महिनामा ७० जना र भदौ महिनामा ३७ जना सर्पले डस्ता घाइते भएको प्रहरीको तथ्यांकमा छ।