१ करोड चोरी गरेर नेपाल आउन लागेका ९ नेपाली पक्राउ

काठमाडौं । भारतमा एक करोड भारतीय रुपैयाँ चोरी गरेर नेपाल आउन लागेका ९ जना नेपाली पक्राउ परेका छन् । कञ्चनपुर जिल्लाको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको लखिमपुर जिल्लाको सम्पूर्णानगरबाट–९ जना नेपाली चोरीको रकमसहित पक्राउ परेका हुन् ।

उनीहरु सोमवार राति दिल्लीमा चोरी गरेर नेपाल फर्कदै गर्दा मंगलवार राति पक्राउ परेका बताइएको छ । पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन । भारतीय प्रहरीले पक्राउ गरेकाले उनीहरू ’दयगत विस्तृत विवरण नेपाल प्रहरी र सशस्त्रलाई समेत उपलब्ध गराइएको छैन ।

भारतको लखिमपुर जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पक्राउ परेका तर विस्तृत विवरण प्राप्त नभएको सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए । पक्राउ पर्नेमा बझाङ बाजुरा र अछाम जिल्लाका व्यक्ति रहेको भन्ने सुन्नमा आएको तर आधिकारिक पुष्टि भने नभएको डिआइजी न्यौपानेले बताए ।