क्यानको केन्द्रीय साधारणसभा असोजको पहिलो साता

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा असोजको पहिलो साता काठमाडौँमा हुने भएको छ । क्यानका अनुसार, नयाँ नेतृत्व चयनका लागि केन्द्रीय साधारणसभा असोज ५ र ६ गते हुनेछ ।

साधारणसभा नयाँ वानेश्वरमा हुने जनाइएको छ । उक्त साधारणसभाले नेपाली क्रिकेट संघको नयाँ केन्द्रीय चयन गर्नेछ । साधारणसभामा क्यानको आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन पनि अनुमोदनका लागि पेश गरिने छ ।