सावित्रा भण्डारीले गोल गरेपछि हारबाट जोगियो रा’नाना

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले इजराइलमा आफ्नो लय कायमै राखेकी छिन्।

उनी आबद्ध हापोएल रा’नानाकाले साम्बाको गोलमा बिहीबार राति भएको खेलमा हार टार्‍यो।

लिगलिडर हापोएल पेटा तिक्वाविरूद्धको खेलमा हापोएलले १-१ गोलको बराबरी खेलेको हो।

खेलमा पेटाचले पहिले अग्रता लिएको थियो। साम्बाले साबित्राले ६६औं मिनटमा गोल गरेपछि उनको टिमले सम्भावित हार टारेको हो।

यता खेलमा राुरानकी गोलकिपरले पेनाल्टी विफल पारेकी थिइन्।

इजराइलको शीर्ष डिभिजनको महिला लिगमा सुरुवाती २ खेलबाट ४ अंक जोडेको रा’नाना अंक तालिकको तालिकाको चौथो स्थानमा छ। त्यस्तै हापोएल पेटाच भने ३ खेलबाट ७ अंकका साथ शीर्ष स्थानमा छ।

ताजा अपडेट