श्रीमती जिस्काएको निहुँमा ६५ वर्षीय वृद्धमाथि खुकुरी प्रहार

काठमाडौँ । सुनसरीको इनरुवामा आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै एक वृद्धमाथि खुकुरी प्रहार भएको छ ।

इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षीय चन्द्रबहादुर कोइरालालाई श्रीमतीलाई जिस्काएको भन्दै खुकुरी प्रहार गरेका हुन् ।

खड्काले वृद्धको हर्कतबाट आजित भएर उनीमाथि खुकुरी प्रहार गरेको बताए । सो क्रममा वृद्धकी पत्नी भगवती कोइरालासमेत घाइते भएकी छिन्।

दुवैको शरीरका विभिन्न अंगमा खुकुरीको चोट लागेको प्रहरीले जानकारी दिएको छ ।