रियल बेटिसमाथि बार्सिलोनाको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले बेटिसलाई ५-० गोलअन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जोआओ फेलिक्स, रोबर्टो लेवान्डोस्की, फेरान टोरेस, राफिन्हा र जोआओ कान्सेलोले एक-एक गोल गरे ।

जितसँगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले ५ खेलबाट १३ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको चार खेलबाट १२ अंक छ ।