माछा मार्न गएका एक पुरुष मृत

काठमाडौं । चितवनको डुङ्गाघाट क्षेत्रमा रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो मृत अवस्थामा फेला परेका छन्।

शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

महतोको माछा मार्न जाँदा गोहीले आक्रमण गरेका कारण ज्यान गएको हुनसक्ने तिवारीले बताए।