आज उच्च अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट भएको छ ।

अघिल्लो साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढेर बन्द भएको शेयर बजार आज ४२.१४ अंकले गिरावट भएको छ । आजको दिन बजारमा ५६ लाख ५९ हजार ४५८ कित्ता शेयरको खरिदबिक्री हुदाँ २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६१० रुपैयाँको कारोबार भएको छ । अघिल्लो साताको कारोबारभन्दा आज कारोबार रकम बढेको छ ।

सुभम पावर लिमिटेरले सकारातमक सकिर्टका साथ सार्वाधिक नाफा कमाएको छ भने मोलुङ हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर कम्पनीका लगानी कर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरी कारोबारका आधारमा एनआईसी ऐसइया बैंक २७ करोड ५४ लाख ४७ हजार रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ ।