युरोपियन च्याम्पियन्स लिग : बार्सिलोना र म्यानचेस्टर सिटीको जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणका खेल सुरू भएका छन्।

जसमा समूह ‘एच’ को खेलमा बार्सिलोनाले सानदार जित हात पारेको छ। स्पेनिस महारथीले बेल्जियमको रोयल आन्थ्रोपमाथि ५-० गोलको जित हात पार्‍यो।

बार्सिलोना लागि जोआओ फेलिक्सले ११ र ६६ मिनेटमा गरी दुई गोल गरे। यस्तै लेवान्डोवस्कीले १९ र गाभीले ५४ मिनेटमा गोल गर्न सफल भए।

आन्थ्रोपका बाटालीले २२ मिनेटमा आत्मघाती गोल गरेका थिए।

यता इंग्लिस क्लब म्यानचेस्टर सिटीले रेडस्टार बेलग्रडमाथि ३-१ गोलको जित निकाल्यो। सिटीका लागि अल्भारेजले ४७ र ६० मिनेटमा गोल गर्दा रोद्रीले ७३ मिनेटमा तेस्रो गोल गरे। त्यसअघि बेलग्रेडका लागि बुकारिले ४५ मिनेटमा गोल गरेका थिए।

अन्य खेलमा पिएसजीले बोरूसिया डर्टमन्डलाई २-० गोलले हराउँदा लाजियो र एट्लेटिको म्याड्रिडबीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ।