सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

काठमाडौं । डडेलधुरामा सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरू भागेश्वर गाउँपालिका-३ का हुन्। घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ पर्नेको नाम गोप्य राखेको छ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराले आज दिउँसो ३ बजे घटनाका सम्बन्धमा जानकारी गराउने बताएको छ।