फ्रन्टलाइन अस्पताल फार्मेसीको के हो धन्दा ?

काठमाडौं । वरिष्ट चिकित्सक चक्रराज पाण्डे संलग्न रहेको फ्रण्टलाईन अस्पतालको लुट धन्दामा सरकार वेखवर जस्तै बनेर बसेको छ । पाँच तारे होटल जस्तै गरी बनाइएको सो अस्पतालको भित्रि कथा बुझ्न निकै नै कठिन देखिन्छ । नवधनाढ्यहरुका लागि विशेष उपचार गर्ने गरेको सो फ्रण्टलाईन अस्पतालले विरामीहरुलाई भने लाइफलाइन नै चेट पार्ने अवस्थाको सिर्जना गर्दछ । अस्पतालको लुट धन्दालाई सरकारले नै साथ दिईरहेको पीडित विरामीहरु बताउँछन् ।

कुनै पनि अस्पतालमा सञ्चालन भएका औषधी पसल अर्थात फार्मेसीहरुले विरामीको औषधी रोक्न पाईँदैन । विरामी मात्र होइन फार्मेसीमा चिकित्सले उपलब्ध गराएको औषधी नाम सहितको कागजात वोकेर गएपछि विश्वको कुनै पनि कुनामा औषधी दिन्न भन्न पाईदैन ।

तर फ्रन्टलाईन अस्पतालमा रहेको फार्मेसीले भने सोही अस्पतालका विरामी बाहेक कसैलाई पनि औषधी खरिद गर्ने गएमा भएको औषधी पनि विक्री नगरी रित्तो हात पठाईदिने गरेको छ । औषधी जस्तो संवेदशील बस्तुमा अस्पतालले सञ्चालन गरेको फार्मेसीले औषधी नदिनु भनेको विरामीको ज्यानमाथि नै खेलबाड गनेै गरेको छ ।

पुरानो बानेश्वरमा रहेको फ्रण्टलाईन अस्पतालको फार्मेसीले चिकित्सकको प्रेसक्रिप्सन सहित औषधी किन्न गएका विरामीका आफन्तलाई फर्कादिएका छन् । विहिबार अस्पतालको फार्मेसीमा औषधी खरिद गनृ पुगेका व्यक्ति विना औषधी फर्कनु परेको छ । फार्मेसीले फ्रण्टलाइन अस्पतालका चिकित्सकका विरामीलाई मात्र औषधी दिने भने पनि विरामीका आफन्त फर्केका हुन् ।

विरामीका लागि विक्री गर्न राखिएको औषधी दिन्न फार्मेसीलाई अस्पताल फार्मेसी सेवा निदेशिकाका विपरित कार्य गरेकाले कार्वाहीका लागि स्वास्थ्य मन्त्रालयमा उजुरी समेत दिइएको छ । फार्मेसीले भएको औषधी पनि आफ्नो चिकित्सक बाहेक अरुले उपचार गरी उपलब्ध गराउन उल्लेख गरेको औषधी दिन्न भन्न मिल्छ ? फ्रण्टलाईन अस्पताल र फार्मेसीमा के धन्दा हुन्छ ? फार्मेसी के का लागि राखिएको हो । जुन फार्मेसीले औषधी विक्री गर्दैन त्यो फार्मेसीले भित्र भित्र के व्यापार गरेको छ ? खोजीको विषय बनेको छ ।