शिक्षक महासङ्घ र सरकार बीच आज पनि वार्ता हुँदै

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच अहिले ८ बजे फेरि वार्ता हुने भएको छ ।

विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक प्रतिनिधिहरूसँग बिहीबारको वार्ता निष्कर्षविहीन भएको थियो ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रवार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाश शरण महत पनि वार्तामा सहभागी थिए ।

शिक्षक महासङ्घ र सरकारका बीच बिहीबार बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।