अमेरिकी राष्ट्रपति र प्रधानमन्त्री प्रचण्ड बिच भेट

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनसित नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । साथै अमेरिकी प्रथम महिला जिल बाइडेन र प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालबिच पनि भेटघाट भएको छ । गएको मंगलबार साँझ (स्थानीय समय) अनुसार न्युयोर्कमा उनीहरूबीच भेट भएको थियो ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजका अवसरमा उनीहरूबीच संक्षिप्त भेट भएको नेपाली स्थायी नियोगले जनाएको छ ।