तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा बाँधेर फरार भएकी एक महिला पक्राउ

काठमाडौं । कञ्चनपुरमा आफ्नै शिशुको हातखुट्टा बाधेर फरार भएकी एक महिला परेकी छन् । बेलौरी नगरपालिका ७ स्याली खोला नजिकै सिंहपुरको उखुबारीमा शिशुको हातखुट्टा बाधेर छोडेर गएकी २७ वर्षीया शर्मिला चौधरीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेकी महिला पुनर्वास नगरपालिका वडा नम्वर २ अमरैयामा बस्दै आएकी थिइन् । उनले छोडेर गएको शिशुुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर उद्धार गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शर्मिलाले तेस्रो विवाह गर्नका लागि शिशुलाई छोडेको खुलेको छ ।

शर्मिलाको ९ महिनाका शिशुु र ६ वर्षको अर्को सन्तान रहेको प्रहरीले जनाएको छ । बालकलाई प्रहरीबाट मामा घरकि हजुरआमाले बुझेर लगेको बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक कृष्ण बहादुर कुवँँरले बताए । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।