सरकारले खेलाडीहरूलाई दिने भनेर घोषणा गरेको पुरस्कार अझै नपाएपछि के भन्छन् त कप्तान पौडेल ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्।

एसियाड गेम्समा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए।

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको उनले बताए। एसियन गेम्सलाई लिएर सबैजना उत्साहित रहेको उल्लेख गर्दै उनले आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए।

कमजोर वा बलियो दुबै टिमलाई कमजोर नठानी खेल्ने कप्तान पौडेलको भनाइ छ। एसियन गेम्सले टी- २० विश्वकप छनोटका लागि सहयोगी भूमिका खेल्ने उनले बताए।