आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज बजारमा छापावाल सुन तोलामा ४ सयले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले गिरावट भई १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।