खोलामा डुबेर एक जनाको मृत्यु

काठमाडौं। खोलामा डुबेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका–१ मधुबन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बरदान चटिया नालामा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।