ई: लाई समर्थन गर्दै फुटपाथ व्यापारीको धर्ना, भन्छन् : गरिब होइन गरिबी हटाउ

काठमाडौं । गरिखान पाउँ भन्दै विस्थापित भएको फुटपाथ व्यापारीहरुले फेरि धर्ना दिएका छन् । फुटपाथ व्यापारीलाई व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा उभिइरहेका अभियन्ता ईस् को समर्थन गदै उनीहरुले धर्ना सुरु गरेका हुन् ।

उनीहरु फुटपाथमा व्यापार गर्ने गर्थे । मेयर बालेन साहले फुटपाथमा व्यापार गर्नेहरुलाई हटाएपछि उनीहरु सडकमा उत्रिएका थिए ।

तर यसपटक उनीहरुको माग सम्बोधन माग गर्दै अभियन्ता ई लगायतका केही युवाहरु सडकमा आठ दिनदेखि लगातार उभिइरहेपछि उनीहरु फेरि धर्ना दिन पुगेका हुन् ।

उनीहरु गरिब होइन गरिबी हटाउ, सडक साइकल गाडा परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर, विकल्प देउ, ललितपुरमा व्यवस्थापन गर्न सकिन्छ भने काठमाडौंमा किन सकिँदैन रु हाम्रो चिनारी क्रुरता कि करणा लगायतका नारा लेखेको प्लेकार्ड बोकेर सडकमा पुगेका छन् ।