आज ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

काठमाडौं । बुधबार सुनचाँदीको भाउमा गिरावट आएको छ । आज सुनको भाउ आठ सय रुपैयाँले र चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ मङ्गलबार पनि प्रति तोला चार सयले घटेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।