काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले ‘राजनीतिक दलका गुण्डा’को संरक्षण गरेको आरोप लगाएका छन् । अदालतले दोषी ठहर गरी कैद सजाय सुनाएकाहरुलाई दलको सिफारिसमा राष्ट्रपतिले हस्ताक्षर गर्दै छाडेको भन्दै लामिछानेले यस्तो आरोप लगाएका हुन् ।
रास्वपाको काभ्रेमा आयोजित एक कार्यक्रममा लामिछाने भने– विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन्, राष्ट्रपतिले हस्ताक्षर गरेर छाडिदिन्छन् ।
उनले २०८४ सालको आमचुनावमा बहुमत ल्याएर देशमा आमुल परिवर्तन पनि बताए ।
Add Comment