एसईई चैत पहिलो हप्ता, नतिजा असार दोस्रो हप्ता सार्वजनिक गर्नेगरी कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र पहिलो हप्तादेखि सञ्चालन गर्नेगरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

बोर्डले एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आन्तरिक प्राप्ताङ्क इन्ट्री र रुजु चैत मसान्तसमा गर्ने र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण जेठ भित्र सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।

बार्षिक परीक्षाको नतिजा असार दोस्रो हप्तामा गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । पुरक परीक्षा साउन तेस्रो हप्ता गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।