फुर्सदिलो चीन घुमाई पछि प्रधानमन्त्री नेपाल फर्के

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल त्यहाँबाट सिँधै चीन भ्रमण हिंडे । चीनमा साताव्यापी भ्रमण गरे फुर्सदिलो प्रधानमन्त्रीका रुपमा । सो भ्रमण सकेर आज प्रधानमन्त्री स्वदेश फिर्ता भएका छन् ।

असोजमा ६ गते चीन पुगेका प्रचण्ड आज १३ गते चीनका विभिन्न ठाउँमा घुमेर छेन्दुबाट काठमाडौं फर्किएका हुन् । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।

द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

ताजा अपडेट