अन्तत : सरकारले फिर्ता लिने भयो इन्धनमा बढाइएकाे मूल्य

तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं । सरकारले खाना पकाउने ग्याससहित इन्धनमा बढाइएकाे मूल्य फिर्ता लिने भएकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी बढाएकाे इन्धनकाे मूल्य फिर्ता लिने निर्णय गरेकाे हाे ।

‘बढाइएकाे मूल्य फिर्ता लिएर पुरानै मूल्य कायम गर्न निगमलाई निर्देशन दिने निर्णय भएकाे छ’, एक मन्त्रीले भने ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको थियो । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर  २ सय १५ रुपैयाँ मूल्य बढाइएकाे थियाे ।

तर अब सरकारकाे निर्णयसँगै पुरानै मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ कायम हुने छ । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाएएकाे मूल्य पनि फिर्ता हुने भएकाे छ ।