हत्यारालाई आममाफी दिएको विषयमा छलफल गर्न रास्वपाको टोली शीतलनिवास जाँदै

काठमाडौं । हत्यारालाई आममाफी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू शीतलनिवास जाने भएका छन् ।

आज बिहान १० बजेपछि रास्वपाको टोली शितलनिवास जान लागेको हो । संविधान दिवसका अवसरमा कर्तव्य ज्यान मुद्दामा जेल परेकाहरूलाई राष्ट्रपतिबाट आममाफी भएपछि आलोचना भइरहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई आममाफी दिएका थिए ।