शेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनबाटै घटेर खुलेको शेयर बजार सामान्य अंकले बढेको छ । साताको पहिलो दिन आइतबार मात्रै दोहोरो अंकले गिरावट भएको शेयर बजार आज ५.१९ अंकले बढेर १९७६.२९ बिन्दुमा कायम भएको छ । बजार खुलेको केहिबेरदेखि नै ओरालो झरेके नेप्से बजार अन्तत सामान्य अंकले बढेको हो ।

यसदिन बजारमा ५७ लाख ७६ हजार ८९६ कित्ता सेयरको खरिलबिक्री हुदाँ १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर साकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेका छन् । भने, पिपुल्स हाइड्रोपावर कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।