अरनिको राजमार्गको नाम बदलियोस्, मान्छे कच्याककुचुक अन्तर्राष्ट्रिय राजमार्ग राखियोस् : गोकुल बाँस्कोटा

काठमाडौं ।  नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अनशन बस्ने चेतावनी दिएका छन् । धुलिखेलदेखि खावासम्मको बाटो नबनेको भन्दै उनले अनशनकाे चेतावनी दिएका छन् ।

संसद बैठकमा उनले भने, ‘अरनिको राजमार्गको नाम बदलियोस् । मान्छे कच्याककुचुक अन्तर्राष्ट्रिय राजमार्ग राखियोस् । सम्बन्धित मन्त्रालयको ध्यान जाहोस् । म अनशन बस्नुपर्ने हो ?’

बाटोका कारण ४ सय १२ जनाको हातखुट्टा भाँचिएको उनले बताए ।