ओलीको आक्रोश : मुस्कान खातुनमाथि एसिड आक्रमण गर्नेलाई किन छाडियो

काठमाडौं । मुस्कान खातुनलाई एसिड आक्रमण गर्ने व्यक्तिलाई छाडेकोमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले एसिड पीडित मुस्कान अझै उपचारमा रहेको र घाउ निको नभएको स्मरण गराउँदै दोषीलाई छोड्नुको कारण सोधेका हुन् ।

एसिड पीडितलाई न्याय दिन संसद बसेका बेला आफूले अध्यादेशबाट कानुन बनाएको उनले बताए । ‘कानुन त कडा बनाएको हुँ । महिला खुसी भएका थिए,’ उनले भने ।