बझाङ केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प

काठमाडौं । पश्चिम नेपाल भूकम्पको कम्पनले हल्लिएको छ । बझाङका दुई स्थानमा लगातार दुई शक्तिशाली भूकम्पका झट्का महसुस गरिएको छ । पहिलो भूकम्पको तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको थियो । दोस्रो चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो ।

लगभग २५ मिनेटको फरकमा दुईवटा भूकम्प गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

त्यसपछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको महसुस सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ । क्षतिबारे भने कुनै विवरणहरू प्राप्त भएका छैनन् ।