बझाङमा भूकम्पले घरहरु भत्किए

काठमाडौं । बझाङमा आज गएको भूकम्पले घरहरु भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ। भूकम्पको केन्द्रबिन्दू तालकोट र चैनपुर बजारका अधिकांश घरमा क्षति पुगेको बताइएको छ।

भूकम्पले बाल विकास मावि जयपृथ्वी नगरपालिका-४ गोलाईको भवन भत्काएको छ।

आज दिउँसो २५ मिनेटको फरकमा दुईपटक भूकम्प महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको महसुस सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ। पहिलो भूकम्प तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको थियो। दोस्रो चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो।