काठमाडौं । आज सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका ६ झट्का महसुस गरिएको छ । पहिलो झट्का २ बजेर ४० मिनेटमा महसुस गरिएको थियो ।
जसको तीव्रता ५.३ रेक्टर स्केल थियो । त्यसपछि ३ बजेर ६ मिनेटमा शक्तिशाली भूकम्प गयो । यो ६.३ रेक्टर स्केलको थियो । भूकम्पको दोस्रो झट्काले बझाङमा क्षति पनि पुर्याएको छ ।
यसपछि पनि बझाङ केन्द्रबिन्दु बनाएर लगातार भूकम्पका झट्का महसुस गरिएको छ । ३ बजेर ४५ मिनेटमा ४.१, ४ बजेर ३१ मिनेटमा ४.३ र ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Add Comment