नेपालगञ्जमा लगाइएको कर्फ्युका कारण भारतबाट दसैँ मनाउन घर फर्केका नेपाली सीमा नाकामै अलपत्र

काठमाडौं । नेपालगञ्जमा हिजोदेखि लगाइएको कर्फ्युका कारण भारतबाट नेपाल आउँदै गरेका यात्रुहरू जमुनाह नाकामा अलपत्र परेका छन् ।

भारतमा रोजगारीका लागि गएका धेरै नेपालीहरू यो बेला दसैँ मनाउन घर फर्किने गरेका छन् । तर हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले लगाएको कर्फ्युका कारण स्वदेश फर्किरहेका यात्रुहरू सीमा नाकामै अलपत्र परेका हुन् ।

स्थानीय प्रशासनले नेपालगञ्जको अवस्था मंगलबार सामान्य बन्दै गए पनि कर्फ्यु यथावत रहेको जनाएको छ ।