पक्राउ परेका आचार्य श्रीनिवासलाई बिनासर्त रिहा गर्न साधुसन्तको माग

काठमाडौं ।  मंगलबार पक्राउ परेका आयार्य श्रीनिवासलाई बिनासर्त रिहा गर्न जनकपुरधामका साधुसन्तहरुले माग गरेका छन् । जनकपुरधामका साधुहरूको संस्था श्री रामानन्दीय बैष्णव संघले बुधबार बिहान पत्रकार सम्मेलन गरी आचार्यलाई बिनासर्त रिहाइको माग गरेको हो ।

आचार्यलाई  यथाशीघ्र बिनसर्त रिहा नगरे जस्तो सुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी संघका अध्यक्ष जानकी मन्दिरका सहायक महन्त राम रोशन दासले दिए । र्‍याली सहभागी हुँदा आचार्यले खुकुरी प्रदर्शन गरेको आरोपमा प्रहरीले मंगलबार सुनसरीबाट नियन्त्रणमा लिएको थियो ।

दासले आचार्य श्रीनिवासले आमाको हत्याविरुद्ध खुकुरी मात्र देखाएको कसैको हत्या नगरेको बताउँदै तुरन्त रिहा गर्न माग गरे ।