बाँदरको आक्रमणबाट पाल्पामा ३ बाख्रा मरेको विषयमा गैरेले संसदमा गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले बाँदरको समस्या नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गैरेले पाल्पाको तानसेन वडा नम्बर ९ को गठुवा भन्ने ठाउँमा बाँदरको आक्रमणबाट ३ वटा बाख्रा मरेको जानकारी गराए ।

बाँदरको आक्रमणबाट थप २ बाख्रा घाइते भएको बताउँदै बाख्रा चराउन गएका मानिसहरुको भागाभाव भएको जानकारी गराए । उनले यो विषय संसदमा पहिलेदेखि नै उठ्दै आएपनि बन्यजन्तु नियन्त्रण गर्ने विषयमा ध्यान नदिएको उल्लेख गरे ।

सांसद गैरेले यस्तो अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । साथै उनले बिजनेश बिहिन सदन चलाएकोप्रति पनि ध्यानाकर्षण गराए ।