क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्।

नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको डिआइजी कुवेर कडायतले बताए।

चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आइजिपी बसन्त कुँवरले विशेष बढुवा गरेको उनले बताए।