आज प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची?

काठमाडौं । संघीय संसदअन्तर्गत शुक्रबार प्रतिनिधि सभाको बैठक बस्दैछ।

बैठक नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजेबाट सुरु हुनेछ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ।