६० किलो सुन तस्करी प्रकरण : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा भएको छ । प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले बताए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् । जिल्ला न्यायाधीवक्ता जनकप्रसाद घिमिरेसहित ३ जना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।

सुन प्रकरणमा अहिले २६ जना थुनामा छन् । जवाफी बहस सकिएपछि प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागी थुनामा पठाउने भन्नेबारे आदेश आउँछ ।