नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम सम्झौता

काठमाडौं । नेपालको आकर्ष रोजगार गन्तव्य युरोपेली मुलुक रोमानियासँग श्रम सम्झौता भएको छ । यसअघि श्रम सम्झौता नभए पनि नेपालीहरू रोजगारीका लागि रोमानिया  गइरहेका थिए । श्रम सम्झौता भएसँग अब रोमानिया नेपालीका लागि सुरक्षित रोजगार गन्तव्य मुलुक बनेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मिनिष्ट्री अफ लेबर एण्ड सोसियल सोलाडिरिटी अफ रोमनियाका मन्त्री सिमोना बुकुरा अप्रेस्कुले श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नेपाल र रोमानियाबीच् कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको छ ।

रोमानियामा सामाजिक सुरक्षाको हक कुनै पनि आप्रवासी कामदारले स्थानीय श्रमिक सरह पाउने व्यवस्था भएकाले अब नेपाली श्रमिकले पनि सो सुविधा पाउने भएका छन् ।