काठमाडौँ । ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । फिल्मको पाइरेशी र ठगी मुद्दामा उनी शुक्रबार पक्राउ परेका हुन् । अग्रवाल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
फिल्म ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचारप्रसार गराएको आरोप उनलाई लगाएका छन् ।
‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बारिह प्रदर्शन र प्रचारप्रसार गराएकोले आफुलाई ठुलो घाटा भयो भनेर उनीविरुद्ध उजुरी दिएका छन्’, ती अधिकृतले भने– ‘पाइरेशी तथा ठगिको मुद्दामा उनी पक्राउ परेका हुन् ।’ प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।
Add Comment