तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं । कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारबाट तास खेलिरहेको अवस्थामा १५ जना जुवाडे पक्राउ परेका हुन् ।

गए राति ११ बजे कृष्णपुर–५ गुलरिया बजारमा ४५ वर्षीय दिनेश पनेरुले सञ्चालन गरेको त्रिपुरा मदिरा विक्री वितरण केन्द्रभित्र उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ४ गड्डी ताससहित २ लाख ७७ हजार ५०५ रुपैयाँ नगद बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र स्थानीय प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।