सेयर बजार आरालो लाग्ने क्रम जारी, आज १२ अंकले घट्यो नेप्से

काठमाडौँ । दोस्रो कारोबार दिन पनि नेप्से सूचक ओरालो लागेको छ । मार्जिन लेण्डिङको सीमा वृद्धि लगत्तै आइतबार ३५ अंकमाथिले घटेको नेप्से सूचक दोस्रो दिन थप १२ अंकले घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.५८ अंकले घट्दै १९ सय ८.६६ अंकमा झरेको हो । नेप्से सूचकसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । १२ अंकले सूचक घटेको यस दिन १ अर्ब १७ करोड रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज म्यानु एण्ड प्रो र ट्रेडिङ बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज जीवन बीमा समूहको उपसूचक १ प्रतिशतले घटेको छ भने बाँकी अरु समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।

यता म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.०६ प्रतिशतले र ०.४९ प्रतिशतले बढेका छन् । आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ६.८८ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।