आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै दिन तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा इजरायलमा रहेका नेपालीहरूको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यसायी महासंघबाट प्राप्त निवेदनका सम्बन्धमा वन तथा वातावरणमन्त्री, सचिव र खानी तथा भू–गर्भ विभागका पदाधिकारीहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो २ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ ।

त्यस्तै सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ्ग० निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ ।