सरकारको आग्रह : इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्नु

काठमाडौं । सरकारले केही समय इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न आग्रह गरेको छ ।

सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले केही समय कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न आग्रह गरेका हुन् ।

इजरायलको अवस्था सामान्य हुन अझै केही समय लाग्ने भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

बैठकमा उनले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे पनि जानकारी गराए । उनका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् ।

यसैगरी लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा छन् ।