कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन् ।

सोहि ठाउका ३१ वर्षीय विश्वप्रताप शाहलाइ १३० मिलिग्राम लागुऔषधसहित सोमबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको हो ।