एजेन्सी । इजरायली सेनाले गाजा स्ट्रिपमा रहेको इस्लामिक विश्वविद्यालयमा मिसाइल आक्रमण गरेको छ । लडाकु विमानले विश्वविद्यालयको भवनलाई ताकेर मिसाइल वर्षाएका हुन् । इजरायली सेनाले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टबाट सो विश्वविद्यालयलाई ध्वस्त बनाएको भिडियोसमेत सार्वजनिक गरेको छ ।
सो विश्वविद्यालय हमासको तालिम केन्द्र रहेको भन्दै इजरायली सेनाले ध्वस्त गरेको हो । सो विश्वविद्यालयमा इन्जिनियरहरूलाई हतियार बनाउने र सैन्य तालिम दिने गरिएको इजरायलको आरोप छ । गत शनिबार हमासले इजरायली भूमिमा आक्रमण गरेयता लगातार इजरायली सेनाले गाजामा हावाई आक्रमण जारी राखेको छ । पूरा गाजा शहस खण्डहरमा परिणत भइसकेको छ । दुर्वतर्फ यो युद्धमा मारिनेको संख्या ३५०० नाघेको छ । घाइतेहरूको संख्या १० हजार पुगेको जनाइएको छ । इजरायलतर्फ १२०० सय मारिएको र २७०० घाइते भएको जनाइएको छ ।
उता प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले ९५० जना मारिएको र ५ हजार घाइते भएको जनाएको छ । मारिनेमध्ये २६० बालबालिका र २ सय महिला रहेको जनाएको छ । इजरायली सेनाले गत राति मात्र गाजाका २०० स्थानमा हवाई आक्रमण गरेको छ । संयुक्त राष्ट्रसंघले गाजाबाट करिब २ लाख विस्थापित भएको पनि बताएको छ । यो सानो शहरमा करिब २२ लाख मानिसहरू बस्थे । युद्ध सुरु भएपछि इजरायलले गाजामा अत्यावश्यक वस्तुको आपूर्तिमा पनि प्रतिबन्ध लगाइदिएको छ । खाद्यन्न, पानी, औषधि जस्ता वस्तुहरूको पनि आपूर्ति रोकिदिएको छ ।
Add Comment