नक्कली भारतीय नोट सहित दुई युवा गिरफ्तार

मोरङ्ग । नेपाल प्रहरीले नक्कली भारतीय नोटसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।
रंगेलीको दर्बसा भन्ने ठाँउबाट सत्र हजार सात सय नक्कली भारतीय नोट सहित उनीहरु पक्राउ परेको मोरङ्ग प्रहरीले जनाएको छ ।

भारतको बौका चोप्राहका तीस वर्षीय कुन्दन मण्डल र अठार वर्षीय शिवरन्जन सिंह पक्राउ परेको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट २ सय दरको सत्र प्रति र १ सय दरको एक सय त्रिचालीस प्रति गरी सत्र हजार सात सय भारतीय नक्कली रुपैंया बरामद गरेको छ ।

शंका लागी खानतलासी गर्ने क्रममा नक्कली भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ । उनीहरुले भारतीय नम्बरको मोटरसाइकल प्रयोग गरेका थिए । खुला सीमाका कारण यस्ता समस्या दोहोरिई रहन्छन् ।